फर्कनु
अ.क्रि. [अ.मू. फरक्+नु]
- गइरहेको बाटाबाट फेरि पछाडि आउनु; प्रत्यागमन गर्नु।
- एकापट्टिबाट अर्कापट्टि पल्टनु वा लेप्सिएर बसेको वस्तु उल्टो हुनु; उल्टिनु।
- गुमिसकेको वस्तु फेरि हात लाग्नु।
- एक दिशाबाट अर्को दिशातर्फ मुख लाउनु।
- एक कोल्टेबाट अर्को कोल्टे हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)