फागु

ना. [√ फागुन]

  1. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ, अबिर आदि हाल्ने र नाच्ने, गाउने तथा प्रीतिभोज आदि गरी रमाइलो मनाइने उत्सव; होली।
  2. त्यस अवसरमा गाइने गीत; फाउ।
  3. सल्लाका फूलको पहेँलो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)