फाट्नु

अ.क्रि. [सं. स्फाटन+नु]

  1. जमिन, घरको गारो आदि धाँजा पर्नु वा फाट्नु; चिरा पर्नु वा चिरिनु।
  2. लुगाफाटो आदि थोत्रो पुरानो हुनु; च्यातिनु, धस्कनु वा खिइनु।
  3. टुक्रा- टुक्रा हुनु; च्याथ्लो हुनु।
  4. अलग हुनु; छुट्टिनु।
  5. झोल र छोक्रा छुट्टिनु।
  6. दुई थरीको मत वा मन नमिल्नु; राय बाझ्नु।
  7. शत्रुता हुनु; अरिष्ट पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)