फापर

ना.

  1. पानपाते छाँटका पातला केही लाम्चा परेका पात, प्याजी रङका फूल, तीनकुने वा तीनधारे दाना र राता डाँठ हुने एक जातको सानो बोट।
  2. त्यसैको तीनकुने वा तीनधारे परेको, कालो बोक्रा र सेतो गुदी हुने फल वा गेडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)