फुत्कनु
अ.क्रि. [अ.मू. फुत्+क+नु]
- एक ठाउँबाट उछिट्टिएर अर्का ठाउँमा पुग्नु; उछिट्टिनु; चिप्लिनु।
- जोडिएको वा टाँसिएको ठाउँबाट कुनै वस्तु एकाएक फुस्कनु वा खुस्कनु।
- कुनै वस्तुका चेपमा वा दुलामा रहेको वस्तु वेगले निस्कनु; बाहिर निस्कनु।
- समातिएको व्यक्ति प्रहरीको आँखा छली भाग्नु वा उम्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)