फुरफुर
क्रि.वि. [अ.मू. फुर्+अ(द्वि.)]
- अरूले सर्हाएको सुन्दा मक्ख पर्ने गरी; फुरफुरिने वा दङ्ङ पर्ने गरी; फुरफुरिने वा दङ्ङ पर्ने चालसँग।
- कुनै कागत, पात आदि हावामा हलुको किसिमले हल्लने गरी।
- ससाना पुतली आदि उड्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)