फुर्नु

अ.क्रि. [सं. स्फुर+नु]

  1. मौका वा आवश्यक परेका अवस्थामा मनमा कुनै नयाँ भाव वा विचार आउनु; स्मरण हुनु; सम्झनु।
  2. शरीरका अङ्गप्रत्यङ्ग फरफराउनु।
  3. आगो वा घिउतेलमा सुकेको वस्तु हाल्दा फर्र फुक्नु वा फुल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)