फुल्नु
अ.क्रि. [सं. फुल्ल+नु]
- कोपिलो फुक्नु वा फक्रनु; पुष्पित हुनु; विकसित हुनु।
- रोटी आदि उक्सिएर भुक्क हुनु; भुक्लुक्क पर्नु।
- शरीरको कुनै भाग उक्सनु; सुन्निनु।
- घमन्ड वा रिसले गमक्क पर्नु; गम्कनु।
- धुमधुमती परेर बस्नु।
- केश पाक्नु; रौँ सेतो हुनु।
- बिहे गर्न लायक हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)