फुसुफुसु
क्रि.वि. [अ.मू. फुस्+उ(द्वि.)]
- फुस्कने वा खुस्कने गरी।
- निःशब्द रूपमा अपानवायु छोडेर।
- खुरुखुरु निदाउने चालसित।
- कुनै काम सजिलैसित सुरुसुरु गर्ने गरी।
- धुवाँ, कुहिरो आदि उडिरहने गरी।
- मसिनो पानी परिरहने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)