फुस्कनु
अ.क्रि. [प्रा. फसुल+नु]
- कसिएको वा गाँठो, सुर्काउनी आदि परेको वस्तु फुक्नु; खुस्कनु।
- कामबाट फुर्सत पाउनु; फुक्का हुनु; मुक्त हुनु।
- अप्ठेरो स्थिति, बाधा आदिबाट पार हुनु; छुट्नु; उम्कनु; फुत्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)