फुस्रुक्क
क्रि.वि. [अ.मू. फुस्रुक्+क]
- विचारै नगरी वा नअनकनाईकन दिने गरी; खुरुक्क।
- गुप्त तबरले कुनै काम गर्ने किसिमले; खुसुक्क।
- कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर।
- गाँठो फुक्ने वा फुकाउने किसिमले।
- हलुका चालले लड्ने वा पल्टने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)