फूल

ना. [सं. फुल्ल]

  1. बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर एवं सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून।
  2. रज; ऋतु (जस्तो- आङको फूल फुलिसक्यो)।
  3. मकै, धान, जुनेलो आदि भुट्ता विकसित भएको स्वरूप; लावा।
  4. स्त्रीजातिले टाउकामा लगाउने, सुनको चेप्टो, पातलो र वृत्ताकार गहना; शिरफूल।
  5. ल्वाङका टुप्पामा फुकेर रहेको फस्को अंश; ल्वाङको गोटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)