फोक्से
वि. [फोक्सो+ए]
- फोक्सो झैँ फुलेको।
- सुनिएर पहेँलो देखिएको।
- रगतविनाको मासु लागेर गाला पुक्क परेको।
- बाक्लो बोक्रा हुने कालीज्यामिरका आकारको तर निकै ठुलो, पाक्ता राता बिजुला हुने, काँचैमा अमिलो र पाक्ता गुलियो हुने एक प्रकारको फल; टाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)