फ्याउरी

ना. [फ्याउरो+ई]

  1. फ्याउराको पोथी रूप।
  2. केही गर्न नसकी कराएर मात्र हिँड्ने स्त्री (निन्दार्थमा)।
  3. अनाज सुकाउँदा फिँ जाउने तथा सोहोर्ने काम गर्ने, काठका पातामा बिँड हालिएको दाँदेजस्तो साधन।
  4. धान रोप्ता दाँदेले सम्याउन नसकेको छेउकुनाको हिलो सम्याउने काममा आउने र सो काम बाउसेले गर्ने त्यस्तै हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)