फ्याक्च्याक्क
क्रि.वि. [अ.मू. फ्याक्च्याक्+क]
- कुनै वस्तु कुच्चिएर वा थेप्चिएर नसुहाउँदो देखिने हुँदै।
- नाक नेप्टिएर वा नाकेडाँडी भासिएर असुहाउँदो देखिने गरी।
- गाला भुक्क उठेर पनि केही थेप्चो भई भद्दा देखिने छाँटसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)