बँधुवा

वि. [बाँध्+उवा]

  1. बाँधिएको; बन्धनमा राखिएको।
  2. बाँधेर पालिएको; बाँध्ने गरेको।
  3. वर्षको एकपटक लिने स्थिति बाँधेको जग्गाजमिन, खान्गी आदिको आम्दानी।
  4. नियमित रूपले कुनै वस्तु वा रकम लिने-दिने व्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)