बकाइनु

ना. [सं. वकनिम्ब]

  1. निमका जस्ता पात हुने, कलेजी रङका फूल फुल्ने, नपाक्ता हरिया र पाक्ता पहेँला हुने झुप्पाझुप्पा परेको ससाना फल फल्ने, कमलो खालको काठ हुने एक जातको रुख; आयुर्वेदमा कफ, किरा, कुष्ठ र विषनाशक तथा ठन्डा गुण मानिएको एक जातको निम; महानिम्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)