बत्ताउनु

अ.क्रि. [सं. वात+आउ+नु]

  1. हावाका साथै उडेर जानु; बतासिनु।
  2. अत्तोपत्तो नहुनु; बेपत्ता हुनु।
  3. गएका ठाउँबाट नफर्कनु; गएको गयै हुनु; उताको उतै रहनु।
  4. हे. बताउनु२।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)