बनाउनु

प्रे.क्रि.

  1. बनिबनाउ पार्नु; रचना गर्नु; निर्माण गर्नु।
  2. मर्मत गर्नु; जीर्णोद्धार गर्नु।
  3. तुल्याउनु; तयार पार्नु।
  4. कसैलाई सामान्य अवस्थाबाट विशेष अवस्थामा पुर्‍याउने काम गर्नु।
  5. कल्पना गर्नु; अजमाउनु।
  6. पद, मर्यादा, मान, स्थिति आदिमा उँभो लगाउनु; उन्नत पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)