बन्दसवाल

ना. [बन्द+सवाल]

  1. वादी वा प्रतिवादीका साक्षीहरू मुद्दा परेका अड्डाबाट टाढा भएमा निजहरूले देखे-जाने-थाहा पाएको कुरा सोधनी गर्न देखिएसम्मको सवाल उतारी ती साक्षी भएका जिल्लाका अदालतलाई बकपत्र गरी पठाइदिनू भनी पठाइने सवाल लेखिएको कागज।
  2. त्यसरी लिखित प्रश्नावली पठाई बकाएका साक्षी वा व्यक्तिको बकपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)