बन्दी प्रत्यक्षीकरण
ना.
- थुनामा परेका व्यक्तिलाई आवश्यक कामकारबाईका निम्ति न्यायाधीश वा अदालतका समक्ष उपस्थित गर्न दिइएको आदेश; सरोकारवालाले दिएको निवेदनका आधारमा सर्वोच्च अदालत, क्षेत्रीय अदालत आदिले थुनुवा व्यक्तिलाई कुनै निश्चित समयमा अदालतसामु प्रस्तुत गर भनी जारी गरेको आदेश।
- व्यक्तिगत स्वतन्त्रताका अधिकारको एक महत्त्वपूर्ण प्रलेख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)