बयान

ना. [अ.]

  1. कुनै विषयमा दिइएको वास्तविक कुराको बखान; वर्णन; विवरण।
  2. कसैको राम्रो स्वभाव, राम्रो काम आदिबाट खुसी भएर गरिने प्रशंसा; तारिफ।
  3. अड्डाअदालतमा साक्षी वा अभियुक्तहरूले दिने अपराध वा मुद्दासम्बन्धी वक्तव्य।
  4. कुनै विषयमा सम्बन्धित व्यक्तिद्वारा दिइने विवरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)