बरालिनु

अ.क्रि.

  1. अर्काका बहकावटमा लाग्नु; बहकिनु।
  2. बेकाममा यताउति घुम्नु; अल्लारिनु।
  3. खराब सङ्गतमा लाग्नु; कुसङ्गतमा फस्नु।
  4. बिराला आदिका पोथीले भाले खोज्दै हिँड्नु।
  5. बराला पारिनु; बराल्ने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)