बहुव्रीहि
ना. [सं.]
- समस्त-पदभित्र रहेका शब्दको मूल अर्थलाई छोडी भिन्न अर्थ बुझाउने र विशेषणपद बन्ने समासको एक भेद। (उदा.-माछाको जस्तो पुच्छर भएको = माछापुच्छ्रे (हिमाल), चरीको जस्तो नङ्ग्रा भएको = चरीनङ्ग्रे (धान. इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)