बाँध
ना. [सं. बन्ध]
- खोलानालाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल।
- विशाल नदीहरूलाई बाँधी पानी जम्मा पारेर बिजुली आदि निकाल्ने कामका निम्ति माथिबाट उघार्न र लाउन हुने पानीका ठुलठुला निकासद्वारहरू बिचबिचमा राखिएको, पुलको कामसमेत दिने, सिमेन्ट, फलाम आदिका सहायताले बनाइएको मोटो, बलियो गारो।
- समुद्रको आवश्यक भाग जमिनको रूपमा उपयोग गर्न त्यहाँको पानी मेसिनले निकास्ने र बाहिर आउन नदिने गरी लगाइएको बलियो पर्खाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)