बाँध्नु

स.क्रि. [सं. बन्ध+नु]

  1. कुनै वस्तुलाई धागो, डोरी आदिले बेरेर कस्नु; टन्काउनु; बेर्नु; घेर्नु।
  2. नियम, प्रतिज्ञा आदि उपायद्वारा मर्यादामा चलाउनु; नियम वा क्रममा राख्नु; मिलाउनु।
  3. बन्धनमा राख्नु; बन्दी बनाउनु।
  4. मन्त्रका बलले कुनै काम हुन नदिनु।
  5. शस्त्र-अस्त्र धारण गर्नु।
  6. निर्माण गर्नु; बनाउनु (बाँध, किल्ला आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)