बाँसुरी
ना. [वंशी]
- ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने, छोटो, लामो र मझौला तीन थरी आकारका हुने, स्वरपरिवर्तनका निम्ति छ-सातवटा छिद्र भएको र तिनमा पालैपालो औँलाले थुनेर वा छेकेर बजाइने बाँस, निगालो, काठ आदिबाट बनाइएको बाजा; वंशी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)