बापत

ना. [फा. बाबत]

  1. चोरी, जारी, हाडनाताकरणीजस्ता मुद्दाको कसुर; दोष।
  2. कुनै कुराका निम्तिको सट्टा; बदला।
  3. सम्बन्धमा; विषयमा (उदा.- काम गरेबापत तलब दिनुपर्छ।)
  4. लागि; निम्ति (उदा.- यसबापत तपाईँले के पाउनुभयो?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)