बिँड
ना. [प्रा. बिंट< वृन्त]
- खुकुरी, तरवार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ, सिङ आदि वस्तु; हतियारको समात्ने ठाउँ वा मूठ। (उदा.- बिँड तातेर के गर्नु, ताप्के ताते पो हुन्छ। - उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)