बिग्रनु

अ.क्रि. [सं. विकृ+नु]

  1. कुनै वस्तुको रूप, गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि।
  2. काम नलाग्ने हुनु; हानि हुनु।
  3. टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु।
  4. कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु; खेर जानु; विफल हुनु।
  5. जाति, धर्म, नीति, उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु।
  6. खराब बानी लिनु वा आचरणहीन हुनु; बदमास बन्नु।
  7. पोइल जानु; बोरिनु।
  8. गर्भ तुहुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)