बिन्दु

ना. [सं.]

  1. पानी आदि पन्यालो वस्तुको थोपो वा बुँद।
  2. अनुस्वारको चिह्न; थोप्लो; दाग।
  3. गौण घटनाहरूको विस्तृत विवरण गरिने नाटकीय पाँच कार्यावस्था (बीज, बिन्दु, पताका, प्रकरी र कार्य) मध्ये दोस्रो अवस्था।
  4. वास्तु वा मूर्तिमा प्रयोग हुने अङ्गुल, मात्रा वा मोक्ष बराबरको नाप; एक अङ्गुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)