बिमा
ना. [फा. बीमा]
- कुनै किसिमको हानिनोक्सानी वा क्षति भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाइने गरी राखिने किस्ताबन्दी वा एकमुस्ट धरौटी; त्यस्तो अभिभारा वहन गरिएको कार्य-व्यवस्था।
- कुनै हानिनोक्सानी हुन गएमा डाकखानाले बेहोर्ने गरी पठाइने चिट्ठी, पार्सल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)