बिल्ला

ना. [अङ्. वैज]

  1. फौजी आदि कर्मचारीले लगाउने दर्जासूचक कपडा आदिको चिह्न।
  2. कुनै खास कुरा जनाउनका निम्ति हातपाखुरा आदिमा बाँधिने परिचयाङ्कित फित्ता वा धरो; कुनै विशेष पर्वमा छाती, कुम आदिनेर कपडामा पिनले अड्काइने कपडा, कागत आदिको त्यस्तो चिह्न अङ्कित टुक्रो वा पट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)