बीज

ना. [सं.]

  1. बिउ; बिजन।
  2. अव्यक्त सङ्ख्यासूचक सङ्केत (बीजगणित)।
  3. देवता आदिलाई प्रसन्न पार्न जपिने मन्त्रको मुख्य अंश।
  4. नाटक आदिको अन्तिम फलको मुख्य कारण।
  5. व्याकरण, विज्ञान, दर्शन आदिका नियमलाई छोटकरीमा बुझाउन प्रयोग गरिने ध्वनि, शब्द आदिको सङ्केत; सूत्र; फर्मुला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)