बुक
ना. [अङ्.]
- रेल, विमान, खेलतमासा आदिमा पैसा तिरेर स्थान सुरक्षित पार्ने काम।
- मालसामान आदि चलान गर्न रेल्वे, डाकखाना आदिमा बुझाई रजिस्टरमा दर्ता गराउने काम।
- पुस्तक; बही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)