ब्राह्मण

ना. [सं.]

  1. आर्यजातिको सामाजिक विभाजनअनुसार चार वर्ण वा जातिमध्ये प्रथम श्रेणीको मानिने समाज।
  2. त्यस समाज वा वर्णको मानिस; विप्र; बाहुन।
  3. वेदको मन्त्र र संहितादेखि भिन्न भाग।
  4. ब्रह्मज्ञान भएको वा वेद जान्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)