भँगालो

ना. [सं. भङ्ग+आलो = भङ्गालो]

  1. मूल नदी वा खोलाबाट फाटेर दायाँ-बायाँ हानिँदै बगेको सानो खोलो; गहिरिएको खोल्सो; भङालो।
  2. बर्खाको पानीले गहिरो पारेको ठाउँ; खेत-बारीमा पानीले खोलेको भाग; भङ्दालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)