भक्त/भक्त

वि. [सं.]

  1. श्रद्धासाथ ईश्वर वा देवताको भक्ति गर्ने; भक्तालु।
  2. पूज्य वा ठुला व्यक्तिमा श्रद्धा राख्ने। २. धार्मिक कार्यमा आस्था भएको; श्रद्धालु।
  3. भाग वा अंश लगाइएको; विभक्त।
  4. सेवक; उपासक।
  5. भात; भोजन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)