भट्टी
ना. [प्रा. भट्ठ< भट्ट+ई]
- जाँड, रक्सी बनाउने कारखाना; मदभट्टी।
- जाँडरक्सी बेच्ने पसल; जाँडरक्सी खाने ठाउँ।
- धातुहरू गाल्ने ठुलो अगेनु।
- इँटा, हाँडी, गाग्रा आदि माटाका सामान पकाउने ठुलो अवाल; भट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)