भलाकुसारी

ना. [भलो+कुशल]

  1. धेरै दिनपछिको भेटघाटमा दुवै पक्षले गर्ने, पारस्परिक सुखदुःखका प्रश्नोत्तर; कुशलमङ्गल वा सन्चोबिसन्चोको सोधनी।
  2. दिल खोलेर गरिने मैत्रीपूर्ण कुराकानी; एकान्त वार्तालाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)