भाग
ना. [सं.]
- कुनै वस्तुको खण्ड; हिस्सा वा अंश।
- भाग्य; तकदिर।
- तरफदारी; पक्ष।
- गणितमा कुनै सङ्ख्या वा राशिलाई खण्डखण्डमा बाँड्ने प्रक्रिया।
- अङ्ग-प्रत्यङ्ग; अवयव।
- लिच्छविकालमा जमिनका उब्जनीको छ, आठ वा बाह्र भागमध्ये तोकिएको एक भाग कर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)