भाग्नु

अ.क्रि. [प्रा भाग्+नु]

  1. आफ्नो सुरक्षाका निम्ति दौडेर अन्यत्र कतै जानु; बेपत्ता हुनु; सुइँकुच्चा ठोक्नु।
  2. दौडनु; दगुर्नु; कुद्नु।
  3. कर्तव्यपथबाट विमुख भएर पलायन हुनु।
  4. उम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)