भान्सा
ना. [सं. महानस]
- दाल भात, तरकारी आदि भोजन बनाउने वा पकाउने ठाउँ; भान्साको कोठो वा घर; भान्छा।
- चुलोचौको।
- दैनिक बिहान-बेलुका खाइने भात-दाल, तरकारी आदि परिकारको भोजन; भातभान्सा।
- अनियमित आर्जन वा भ्रष्टाचारको रकम; घुस (व्यङ्ग्यार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)