भार

ना. [सं.]

  1. मानिस वा गाडीले बोक्न लैजान सक्नेजति परिमाण; वजन; बोझ; भारी (लोड)।
  2. कामको जिम्मेदारी; अभिभारा।
  3. विवाह आदि मङ्गलकार्यको सगुनका निम्ति पेरुङ्गामा माछा, सागपात आदि हाली केराको पातसहित उखुमा बाँधेको भारी।
  4. दाउरा, बिस्कुन आदि सुकाउन अगेनामाथि बनाएको टाँड; चाङ।
  5. दुवैतिर डोरीको उझिन्डो लगाएर तेर्छो काठमा काँधमा बोक्ने, खर्पनजस्तो साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)