भारदार
ना. [सं. भार+फा. दार]
- कुनै शासनव्यवस्थाका उच्च ओहदामा रही काम गर्ने व्यक्ति; प्रतिष्ठित राजकर्मचारी; राजसभाको सदस्य; राजसभासद्।
- अघि नेपालमा रहेको चौतरिया, काजी, सरदार, खरदार, कपरदार र खजान्चीको समूह; त्यस्तै निजामतीपट्टि काजीदेखि मुखियासम्म तथा जङ्गीपट्टि सुबेदारसम्मका कर्मचारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)