भावना

ना. [सं.]

  1. अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार।
  2. ध्यान; चिन्तन।
  3. कुनै देव वा पूज्य व्यक्तिप्रतिको श्रद्धा; आस्था।
  4. प्रेम; अनुराग।
  5. कुनै औषधी आदि अर्को कुनै तरल पदार्थमा मिलाई सो तरल पदार्थको केही सुगन्ध औषधीमा पनि आउने गरी खलमा घोट्ने काम; पुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)