भावाभास
ना. [सं.]
- साहित्यमा अनुपयुक्त ठाउँमा भाव देखाउने वा विशुद्ध रसावस्था प्राप्त गर्न नसक्ने काव्यदोषको अवस्था।
- वेश्या नायिकामा लज्जा र निम्न श्रेणीका व्यक्तिप्रति भक्ति देखाएमा हुने भावविशेषको आभास।
- कल्पित वा बनावटी भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)