भाषा

ना. [सं.]

  1. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली।
  2. व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली।
  3. कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली।
  4. वाग्देवी; सरस्वती।
  5. वाणीका चार रूप- परा, पश्यन्ती, मध्यमा र वैखरी।
  6. परिभाषा; लक्षण।
  7. कुराकानी; बातचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)