भिज्नु
अ.क्रि. [सं. अभिमज्ज > भिज्ज+नु]
- कुनै तरल पदार्थले आर्द्र हुनु; निथ्रुक्क हुनु; रुज्नु।
- पानीमा परेर अन्न आदि फुल्नु; ढाडिनु।
- कुनै काममा तन्मय भएर लाग्नु; दत्तचित्त हुनु।
- कुनै विषयबारे पोख्त हुनु; पारङ्गत हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)