भुजुरी/भुजुरो
ना. [प्रा. भुग्ग]
- कोरेँसोमा कोरेर मसिनो पारेको आलु, मुला, कुभिन्डो आदिको चाना।
- त्यस्तै चानाको आकार वा त्यसैमा पिठो मुछेर तारिएको खानेकुरो।
- मुछेको बेसन आदि झाँझरबाट चुहाएर मसिना टुक्रा पारी घिउतेलमा पकाइएको नुनिलो खुजुरे खानेकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)